बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रोजेको मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे
समाचार

रोजेको मन्त्रालय लिएर सरकारमा जान्छौँ : राजेन्द्र पाण्डे

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

काठमाडौं –नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ३ मन्त्रालय लिएर आफूहरु सरकारमा जाने बताएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले रोजेको मन्त्रालय लिएर आफ्नो दल सरकारमा जाने बताए ।

उनले माओवादी केन्द्रले प्रधानमन्त्री लिएपछि कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति रोजेर लिएको बताए । ‘अब सरकारमा रोज्ने पालो हाम्रो छ । हामी रोजा मन्त्रालय, एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं’, उनले भने ।

गृहतर्फ संकेत गर्दै उनले रोजेको मन्त्रालय लिने र डेभलपमेन्ट र सर्भिस समेत गरेर ३ वटा मन्त्रालय

लिएर सरकारमा जाने बताए । तर, ककसलाई सरकारमा पठाउने, कसको नेतृत्वमा जाने भनेर पार्टीमा कुनै छलफल नभएको उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय