आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सहकारीमा बेथिति निक्षेप जोखिममा
समाचार

सहकारीमा बेथिति निक्षेप जोखिममा

  • pranil शुक्रबार, चैत्र ३, २०७९ | March 17, 2023

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् ।

काठमाडौँमा मुख्य कार्यालय भई बुटवलमा शाखा सञ्चालन खोलेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ । बुटवल उपमहानगरपालिका-१० योगीकुटीमा शिवशिखर सहकारीको

शाखा कार्यालय छ ।

शिवशिखरले ग्राहक आकर्षित गर्न योगीकुटीमै सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो । तर उसले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालयसँगै गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स पनि बन्द गरेको हो । कार्यालय नै बन्द गरेर सञ्चालक, व्यवस्थापक सम्पर्कविहीन बनेपछि बचतकर्ता आत्तिएका छन् । बुटवलकी लक्ष्मी श्रेष्ठले शिवशिखरमा जम्मा गरेको १ लाख ३६ हजार रूपैयाँ डुब्ने चिन्ताले निदाउन नसकेको बताइन् । यो समाचार नागरिक दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय