सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
समाचार

सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

  • pranil मङ्लबार, फाल्गुन ३०, २०७९ | March 14, 2023

काठमाडौं, ३० चैत । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनिका अनुसार गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आइपियो अन्तिम दिन अर्थात मंगलबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले भर्न सक्ने छन् ।

उक्त कम्पनीले कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

सो कम्पनिले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका

लागि आईपियो निष्काशन खुला गरेको हो । जसअनुसार सर्वसाधारणका लागि चार लाख २४ हजार ८ सय ८५ कित्ता छुटाईएको छ ।

सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय