सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
समाचार

ए डिभिजन लिगमा आज तीन खेल

  • pranil मङ्लबार, फाल्गुन ३०, २०७९ | March 14, 2023

काठमाडौं, ३० चैत  । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ।

लिगको चौथो चरणअन्तर्गत आज दुई खेल दशरथ रंगशाला र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ भने संकटा तीन खेलबाट ४ अंक जोडेर आठौँ स्थानमा छ।

यस्तै सोही समयमा दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ भने फ्रेण्ड्स तीन खेलमा १ अंक जोडेर १२ औँ स्थानमा छ।

दशरथ रंगशालामै साँझ साढे ५ बजे मछिन्द्र र नेपाल पुलिस भिड्ने छन्। दुवै टोलीलाई पहिलो जित निकाल्ने दबाब छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय