सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनु पर्छ : रेखा शर्मा
समाचार

महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनु पर्छ : रेखा शर्मा

  • pranil सोमवार, फाल्गुन २९, २०७९ | March 13, 2023

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा नारी अनलाइन पत्रिकाको शुभारम्भ गर्दै मन्त्री शर्माले विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै भन्दै महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभई समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभएको हो ।

उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको बताउनुभयो । मन्त्री शर्माले

जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै उहाँले विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय