मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी
समाचार

म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी

  • pranil सोमवार, फाल्गुन २९, २०७९ | March 13, 2023

काठमाडौं, २९ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ ।

प्रिमियम लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड लिगको पुछारमा रहेको साउथहेम्टनसँग बराबरीमा रोकिन पुगेको हो  ।

पहिलो हाफमा कार्लोस अल्कारेजलाई फल गरेपछि क्यासिमेरोले ३४ औ मिनेटमा सिंधै रातो कार्ड पाए । भिएआर चेकिङ पछि रातो कार्ड दिएर क्यासिमिरोलाई मैदानबाट बाहिर पठाउँदा पहिलो हाफमा नै युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो ।

त्यसपछि पनि केहि राम्रा मौका चुकाई गोल गर्न नसके पछि युनाईटेड तीन अङ्कबाट बञ्चित

हुन पुग्यो ।

बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ । साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय