काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्नुभएको छ ।
शनिबार ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रम पुगेर उहाँले भट्टराईको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो क्रममा पौडेलले भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण समेत गर्नुभएको थियो । नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, काँग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का लगायतले स्वागत गरेका थिए ।
त्यसअघि शनिबार नै नवनिर्वाचित राष्ट्रपति पौडेल कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा
माल्यार्पण गर्नुभएको थियो ।