बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि
समाचार

नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि

  • pranil शनिबार, फाल्गुन २७, २०७९ | March 11, 2023

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय