बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल
समाचार

पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल

  • pranil सोमवार, फाल्गुन २२, २०७९ | March 6, 2023

काठमाडौं, २२ फागुन ।  बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।

स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर

पठाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ ।  पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय