मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे
समाचार

रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे

  • pranil सोमवार, फाल्गुन २२, २०७९ | March 6, 2023

काठमाडाैं, २२ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको १२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि पनि रियलले गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

रियलको २४ खेलबाट ५३ अंक छ । रियल बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय