बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रक्सी भनेर सेनिटाइजर खाने डाँगी उपचारका लागि नेपालगञ्जमा
समाचार

रक्सी भनेर सेनिटाइजर खाने डाँगी उपचारका लागि नेपालगञ्जमा

  • pranil मङ्लबार, फाल्गुन १६, २०७९ | February 28, 2023

सुर्खेत, १६ फागुन । रक्सी भन्दै सेनिटाइजर सेवन गर्दा एकजना बिरामी परेका छनु ।

सल्यान बागचौर नगरपालिकामा इमान डाँगीले रक्सी भनेर सेनिटाइजर सेवन गर्दा बिरामी भएका हुन् ।

बागचौर नगरपालिका–९ डाँगीगाउँ बस्ने अन्दाजी ५२ वर्षका ईमान डाँगीले मादक पदार्थ सेवन गरी आफ्नै घरमा भएको २ सय ५० मिलिलिटरको बोतलमा राखेको सेनिटाइजर सेवन गरेपछि बिरामी परेका हुन् ।

बिरामी भएका डाँगीलाई उपचारका लागि स्थानिय सहज पोलिक्लिनिक थारमारेमा सामान्य उपचार गरिएको थियो । थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको र त्यहाँ

पनि सम्भबः नभए पछि नेपालगञ्ज रिफर गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको स्वास्थ्य अवस्थामा सुधार हुदैँ आएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय