बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी
समाचार

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी

  • pranil सोमवार, फाल्गुन १५, २०७९ | February 27, 2023

काठमाडौं, १४ फागुन । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन ।

काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो ।

संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो ।

संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन् । केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन भने अन्तर्राष्ट्रिय

सम्बन्ध तथा कुटनैतिक विषयमा विधाबारिधी अध्यनरत छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय