सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पल शाह जेलबाट छुट्ने भएपछि पूजा शर्माले भनिन् – आज पानी पर्‍यो, सबै फोहोर पखालियो
समाचार

पल शाह जेलबाट छुट्ने भएपछि पूजा शर्माले भनिन् – आज पानी पर्‍यो, सबै फोहोर पखालियो

  • pranil सोमवार, फाल्गुन १५, २०७९ | February 27, 2023

काठमाडौं – कलाकार पल शाह सोमबार जेलबाट छुट्नो भएका छन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ ।

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका हुन् । शाह जेलबाट छुट्ने भएपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी छिन् । उनले पलसँगको तस्किर शेयर गर्दै पानी परेसँगै सबै फोहोर पखालिएको बताएकी छिन् । उनले लेखेकी छिन् ‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी

पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान’

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय