सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान
समाचार

बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान

  • pranil सोमवार, फाल्गुन १५, २०७९ | February 27, 2023

काठमाडौं, १४ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि

कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाएको प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय