शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्रीको पहलमा आगलागीका २ घाइते हेलिकप्टरवाट काठमाडौंमा
समाचार

प्रधानमन्त्रीको पहलमा आगलागीका २ घाइते हेलिकप्टरवाट काठमाडौंमा

  • pranil शनिबार, फाल्गुन १३, २०७९ | February 25, 2023

काठमाडौं। आगलागीमा परेर सिकिस्त भएका अछामकाे पञ्चदेवल विनायक नगरपालिका दुईजना युवाहरूलाई  प्रधानमन्त्री कार्यालयकाे पहलमा थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ।

गत ११ फागुनमा  घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका–८ काेसेडी निवासी हिमराज राेका मगर र पिरम राेकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएकाे थियाे।

घाइतेमध्येहिमराजकाे शरीर ८० प्रतिशत भाग जलेकाे छ भने पिरमकाे ३६ प्रतिशत जलेकाे छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान

सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाकाे संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयकाे समन्वयमा नेपाली सेनाकाे हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएकाे हाे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय