सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा
समाचार

सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा

  • pranil बिहिबार, फाल्गुन ११, २०७९ | February 23, 2023

काठमाडौं – सातदोबाटो युथ क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमै नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । दोस्रो हाफमा पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

सातदोबाटोले सेमिफाइनलमा शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका हुन्

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय