सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बराबरीमा रोकियो म्यानचेस्टर सिटी
समाचार

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

  • pranil बिहिबार, फाल्गुन ११, २०७९ | February 23, 2023

काठमाडौं, ११ फागुन । इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो ।

सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए ।

रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई रियाद महारेजले इल्केए गुन्डोगानको पासमा २७औं मिनेटमा लिएको अग्रता सिटीले जोगाउन सकेन । ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको

बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यद्धपी, बराबरी भए पनि दुवै टोली क्वाटरफाइनल पुग्ने सम्भावना भने जिबितै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय