मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आगलागीमा घाइते भएकी महिलाको मृत्यु
समाचार

आगलागीमा घाइते भएकी महिलाको मृत्यु

  • pranil बिहिबार, फाल्गुन ११, २०७९ | February 23, 2023

सप्तरी ११फागुन । सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्युु भएको छ ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाक‍ो बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।

साडीमा आगो सल्की छाति देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र

नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र  उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियोे  । पुनः अवस्था बिग्रेपछि बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार गरे पनि निकाे भएकाे थिएन ।

उनको अबस्थामा सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिहले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय