बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत
समाचार

५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत

  • pranil बिहिबार, फाल्गुन ११, २०७९ | February 23, 2023

काठमाडौं, ११ फागुन । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ ।

घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० ले पराजित गरेको हो ।

मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले ७८औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो ।

ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो समस्यामा पर्न पुगेको थियो । जसको फाइदा इन्टरले लिन सफल भयो ।

त्यसपछि निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी हुदाँ मिलानले गोल हानेकाे थियाे । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय