शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
समाचार

बडी सेमिङको शिकार बनिन् अनुष्का

  • pranil बुधबार, फाल्गुन १०, २०७९ | February 22, 2023

मुम्बई, १० फागुन । साउथ फिल्मकी अभिनेत्री तथा ‘बाहुबली’ फेम अनुष्का शेट्टी हालका दिनमा चर्चामा छिन् । अनुष्का हालैमात्र बेगलुरुको एक मन्दिरमा आमाका साथ सेतो कमिज सुरुवालमा देखिएकी थिइन् । निकै सुन्दर देखिएकी अनुष्काको शरीर अन्य समयको भन्दा मोटो देखिएपछि उनी बडी सेमिङको शिकार बनेकी छन् ।

उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको बद्लिएको शरीर देखेर फ्यानहरु छक्क परेका छन् । कतिपयले भने उनको तस्वीरलाई ट्रोल बनाइरहेका छन् । अनुष्का बडी सेमिङको सिकार भएको पहिलोपटक होइन ।

यसअघि पनि उनको शरीरलाई लिएर सामाजिक सञ्जालमा भद्दा कमेन्ट पनि गरिएको थियो ।

कतिपयले उनले फिल्म ‘साइज जिरो’का लागि वजन बढाएको भने पनि अहिले उनले स्वास्थ्य कारण वजन नघटाएको बताइएको छ ।

अनुष्काले सन् २००५ को तेलुगु फिल्म ‘सुपर’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि ‘विक्रमार्कुडु’, ‘डन’, ‘अरुन्धति’, र ’सहित’ जस्ता कैयौं फिल्ममा अभिनय गरिन् । अनुष्का दक्षिण भारतको लोकप्रिय र सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीकी रुपमा चिनिन्छिन् । उनले अभिनेता प्रभासका साथ ‘बिल्ला’, ‘मिर्ची’, ‘बाहुबलीः द बिगिनिङ’ र ‘बाहुबली २ः द कन्क्लूजन’मा सहकार्य गरिसकेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय