सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • संसदमा प्रकाश ज्वालाको प्रश्न– याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?
समाचार

संसदमा प्रकाश ज्वालाको प्रश्न– याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?

  • pranil बुधबार, फाल्गुन १०, २०७९ | February 22, 2023

काठमाडौं – एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले  राजतन्त्र र राजाका नाममा मेची–महाकाली प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले विद्यमान व्यवस्थामाथि प्रहार भइरहेकाले यसविरुद्ध लड्नुपर्ने बताए ।

दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको राष्ट्र, राष्ट्रिय र धर्मसंस्कृति संरक्षण अभियानलाई इंगित गर्दै उनले गणतन्त्रसहित राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेकाले यसविरुद्ध लाग्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दप्रति पनि उनले आपत्ति जनाए ।

पूर्वराजा ज्ञानेन्द्रले ‘श्री ५ महाराजाधिराजका नाममा

शुभकामना’ भन्दै निकालेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सांसद ज्वालाले संसदमा प्रश्न गरे– के यो देशमा श्री ५ महाराजाधिराज छ ? अहिले देशमा राजतन्त्र छ ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय