शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सभामुखको भूमिकामा अब्बल भएर देखाउनेछु – सभामुख घिमिरे
समाचार

सभामुखको भूमिकामा अब्बल भएर देखाउनेछु – सभामुख घिमिरे

  • pranil मङ्लबार, फाल्गुन ९, २०७९ | February 21, 2023

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभामुखको भूमिकामा अब्बल भएर देखाउने बताएका छन् । मंगलबार स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित आयोजित खेलकुद महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताए।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप प्रतियोगिता, २०७९ को उद्घाटन गर्दै उहाँले निष्पक्षताका साथ अब्बल निर्णायकको भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभाको समामुखको भूमिकामा आफू रहेसँगै निष्पक्षताका साथ भूमिका निर्वाह होस् भन्ने धेरैको कामना रहेको

भन्दै उनले आफू त्यो भूमिकामा अब्बल भएर देखाउने बताए । “म अहिले अम्पायरको भूमिकामा छु र अब्बल अम्पायर भएर देखाउने छु”, उनले भने, “तर त्यसका लागि खेलाडी र टिमले राम्रो खेल प्रदर्शन गर्नुपर्छ, विजयी हासिल गर्ने काम टिम र खेलाडीमाथि भर पर्छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय