बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • यी हुन् नयाँ राष्ट्रपति चुन्ने ८८१ मतदाता ,कस्को मत कति ?
समाचार

यी हुन् नयाँ राष्ट्रपति चुन्ने ८८१ मतदाता ,कस्को मत कति ?

  • pranil मङ्लबार, फाल्गुन ९, २०७९ | February 21, 2023

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि ८८१ जना मतदाता रहने भएका छन् ।  निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार आगामी २५ फागुनका लागि तय भएको नयाँ राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका हुन् ।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त हुनभएको र  र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा पर्नुभएका कारण उहाँहरुले मतदान गर्न पाउनु हुने छैन । महोत्तरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने–नपाउने भन्नेबारे आयोग निर्णयमा पुगिसकेको छैन।

आयोगका प्रवक्ता

शालिग्राम शर्मा पौडेलका अनुसार  यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुन सक्ने छन् । यसबारे बुधबार आयोगले निर्णय गरेर सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचन तालिकाअनुसार आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ। त्यसपछि उजुरीमाथि छानबिन ११ र १२ फागुनमा हुनेछ। अन्तिम मतदाता नामावली १२ फागुनमै प्रकाशन गरिनेछ।

बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपतिको निर्वाचन गर्न आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता १३ फागुन र २५ फागुनमा निर्वाचन हुनेछ।

कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको एक मत बराबर ७९ मतभार हुनेछ। यस्तो मतभार कुल जनसंख्यालाई कुल संघीय संसद सदस्यले भाग लगाएर निकालिन्छ। निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार भने ४८ छ । प्रदेश सभा सदस्यको मतभार पनि कुल जनसंख्यालाई कुल प्रदेश सभा सदस्य संख्या, ५ सय ५० ले भाग लगाएर निकालिएको हो।
यसपटकको निर्वाचनमा संघीय संसदका सदस्यको कुल मतभार २६ हजार ३ सय ७ छ। प्रदेश सभा सदस्यको मतभार २६ हजार ४ सय छ। अर्थात् राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ । राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउनुपर्नेछ।
राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबभन्दा धेरै, १६ हजार २ सय २१ मतभार छ।  दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मत छ भने  नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी (जसपा) सँग २ हजार १ सय ४५ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ।

अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय