बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव
समाचार

पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

  • pranil मङ्लबार, फाल्गुन ९, २०७९ | February 21, 2023

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ ।

काँग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राख्नुभएको हो । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गर्नुभएको हो

अध्यक्ष ओलीको बुझाइमा कांग्रेसका ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो हो भन्दै उक्त प्रस्ताव गर्नुभएको एमाले निकट स्रोतले जानकारी दियो । ओलीको बुझाइमा यसो गर्दा पार्टी एकता पनि हुन्छ र काँग्रेससँग संसदमा हैसियतसमेत बराबर हुन्छ। संविधानको धारा ७६ (३० मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्। एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा काँग्रेससँग बराबर हुन्छ।

स्रोतका अनुसार दुवै पक्षबीच भएको वार्ता सकारात्मक छ। छिट्टै पार्टी एकताको घोषणा हुने र राष्ट्रपतिमा एमालेका तर्फबाट नेपाल उम्मेदवार बनाउने तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय