काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।
आजको बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको छ।
हिजो नेपाली कांग्रेसका नेतासँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले आजको पदाधिकारी बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताएका थिए।