मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना छ – प्रधानमन्त्री प्रचण्ड
समाचार

केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना छ – प्रधानमन्त्री प्रचण्ड

  • pranil सोमवार, फाल्गुन ८, २०७९ | February 20, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरेका छन् । सोमबार पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताउका हुन् । उनले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन दिए।

उनले भने – “माथि माथिकाले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्नाआफ्ना कुरामात्र लिएर आउने भइयो

। दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफूले डकुमेण्ट बनाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने उनले बताए । केही समूहसँग तत्काल पार्टी एकताको सम्भावना रहेको पनि उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय