बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यागमनको सर्भर डाउन भएको करीब सवाघण्टा अन्तर्राष्ट्रिय उडान नियमित
समाचार

अध्यागमनको सर्भर डाउन भएको करीब सवाघण्टा अन्तर्राष्ट्रिय उडान नियमित

  • pranil सोमवार, फाल्गुन ८, २०७९ | February 20, 2023

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर डाउन भएको करीब सवाघण्टा पछि अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार दिउँसो विमानस्थलको अध्यागमनको सर्भर डाउन हुँदा हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ”, उनले भने ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान

अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय