सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ
समाचार

कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ

  • pranil आइतवार, फाल्गुन ७, २०७९ | February 19, 2023

धनगढी – कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।

विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन् ।

यस

विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय