सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्– म माथि प्रतिशोध साँधियो
समाचार

राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्– म माथि प्रतिशोध साँधियो

  • pranil आइतवार, फाल्गुन ७, २०७९ | February 19, 2023

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् ।

उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।

गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद

र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उनीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो ।
तर,  उनी प्रहरीको फरार सूचीमा रहँदै आएका बेला उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय