काठमाडौँ – कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागारबाट रिहा भएका छन् ।
कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आज रिहा भएका हुन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै आज रिहा भएको हो।
उनीसहित कैलाली जिल्ला कारागारबाट चार जना रिहा भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएका थिए ।
रिहा भए लगत्तै उनको स्वागतका लागि नागरिक
उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेक िथिइन् ।
चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद भुक्तान गरेका थिएन ।