शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
समाचार

जुनीचाँदेका दुई वडामा तोडफोड

  • pranil शनिबार, फाल्गुन ६, २०७९ | February 18, 2023

सुर्खेत / जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्रका दुई वडामा अज्ञात समुहले तोडफोड गरेको छ । हिजो राती वडा नं ३ र ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

वडा नं. ३ मा ताला फोडेर ल्यापटप महत्वपूर्ण कागजातहरु चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, नागरिकता सम्बन्धी फाइलहरु चोरी भएको नेपालीले बताए ।

वडा कार्यालयहरुमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भईरहेको उनले बताए । कसले वडा कार्यालयमा

तोडफोड गरेको भन्ने खुल्न सकेको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय