सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महाशिवरात्रीमा यस्तो छ ट्राफिक ब्यवस्थापन
समाचार

महाशिवरात्रीमा यस्तो छ ट्राफिक ब्यवस्थापन

  • pranil शनिबार, फाल्गुन ६, २०७९ | February 18, 2023

काठमाडौं, ६ फागुन । महाशिवरात्रीमा २० लाख भन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपतिक्षेत्र बिकास कोषले आज हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्र्दै सर्बसाधरणका लागि नयाँ ट्राफिक ब्यवस्थापन गरेको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ ।

नेपाल ट्राफिकका अनुसार मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ । पशुपति बिकास कोषको सहकार्यमा ट्राफिकले बनाएको नयाँ रुटहरु यस्ता छन्

बसहरूः

१) रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर,  तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने।

२) रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।

३) कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने।

माइक्रोबस तथा टेम्पोः

१) सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।

२) जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।

मालबाहक सवारी साधनहरूः

१) जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालबाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ चलाउने ।

२) कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालबाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।

३) कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालबाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने ।

४) महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालबाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।

५) कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय