सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नागा साधुबारे सामान्य जानकारीः नागा बन्न झन्डै १२ बर्षसम्म मेहनत र बिभिन्न परिक्षा पास
समाचार

नागा साधुबारे सामान्य जानकारीः नागा बन्न झन्डै १२ बर्षसम्म मेहनत र बिभिन्न परिक्षा पास

  • pranil शनिबार, फाल्गुन ६, २०७९ | February 18, 2023

नागा, २) उज्जैनमा खूनी नागा, ३) हरिद्वारमा बर्फानी नागा र ४) नासिकमा उपाधी पाउनेलाइ खिचडिया नागा भनिन्छ। यसबाट थाहा पाउन सकिन्छ कि कुन कुम्भमा उनलाई नाग बनाइएको हो, त्याे अनुसार नामाकरण गरिएकाे हुन्छ । यीनीहरूकाे सबैभन्दा ठूलो र महत्त्वपूर्ण पद भनेको सचिव हो।

९) पदहरू पनि उनीहरूको प्राथमिकताको आधारमा दिइन्छ। कोतवाल, पुजारी, बडा कोतवाल, भण्डारी, कोठारी, बडा कोठारी, महन्त र सचिव पदमा छन् । सबैभन्दा ठूलो र महत्त्वपूर्ण पद भनेको सचिव हो।

१०) कठिन परीक्षामा नागाः  नागा साधु बन्न १२ वर्ष लाग्छ। नागा

पंथमा सामेल हुन आवश्यक जानकारी प्राप्त गर्न छ वर्ष लाग्छ। यस अवधिमा नयाँ सदस्यहरूले लंगाैटी बाहेक केही लगाउँदैनन्। कुम्भमेलामा अन्तिम व्रत लिएपछि लंगोट छाडेर जीवनभर यस्तै रहन्छन् ।

नागा साधु बन्ने प्रक्रिया कठिन र लामो छ।  अखाडाहरूले नागाको रूपमा कसैलाई  सजिलै स्वीकार गर्दैनन्, त्यसका लागि धेरै परिक्षाहरू लिइन्छ । परिक्षामा पास भएका साधुहरूको सम्प्रदायमा सामेल हुन करिब छ वर्ष लाग्छ, यस अवधिमा नयाँ सदस्यहरूले लंगाैटी बाहेक केही लगाउँदैनन्। उनीहरूलाइ याे भनिन्छ कि नागा उपासना गर्नु भनेको सांसारिक जीवनबाट पूर्णतया अलग रहनु, इन्द्रियलाई नियन्त्रण गर्नु र सबै प्रकारका कामनाहरूको अन्त्य गर्नु हो। त्यसपछि बर्षौंसम्म परीक्षा सञ्चालन गरिन्छ ,जसमा तपस्या, ब्रह्मचर्य, शान्तता, ध्यान, त्याग र धार्मिक अनुशासन र निष्ठा आदिलाई प्रमुख रूपमा परीक्षण गरिन्छ। त्यसपछि उनीहरुले आफ्नो श्राद्ध, मुण्डन र पिण्डदान गर्छन् र गुरु मन्त्र लिएर सन्यास धर्ममा दीक्षा लिन सुरू गर्छन ।

नागा साधुहरूलाई  सुरूमा पहिले ब्रह्मचारी बन्न सिकाइन्छ। यो परीक्षा पास गरेपछि महापुरुषको दीक्षा हुन्छ। पछिल्लो परीक्षण भनेको आफ्नै यज्ञोपवीत र पिण्डदानको हो, जसलाई बिजवान भनिन्छ। अन्तिम प्रक्रिया महाकुम्भको समयमा हुन्छ, जसमा आफ्नै पिण्डदान र दण्डी संस्कार आदि समावेश हुन्छन्। नागा सन्तले शाही स्नान गर्नुअघि नाग साधुहरूले पूरै लुगा लगाएर आफ्नो देवताको पूजा गर्ने गर्छन ।  अन्तिम परीक्षा चाँही  दिगम्बर र त्यसपछि श्रीदिगम्बरको हो। दिगम्बर नागाले लङ्गटी लगाउन सक्छ तर श्रीदिगम्बरले कपडा बिना नै बाँच्नु पर्छ। श्रीदिगम्बर नागको इन्द्रीय नियन्त्रण गरिएको हुन्छ। नागा साधुहरूको धेरै विशेष संस्कारहरूमा तिनीहरूको कामेन्द्रियहरू भंग हुन्छन । अन्तमा कुम्भमेलामा शाही स्नान गरे पछि मात्र उनीहरुलाइ नागा साधुकाे उपाधी  दिइन्छ । यसरी शारीरिक रूपमा सबै नागा साधुहरू अलग हुन्छन्  । यी पुरा गर्नका लागि यी पुरा गर्नका लागि झन्डै १२ बर्षसम्मको समय लाग्छ ।

१२) नागाका श्रृंगारहरूः   नागाका १७ श्रृंगारहरूमा लंगोटी, भवभूत, चन्दन, खुट्टामा फलाम वा चाँदीको चुरा, औंठी, पञ्चकेश, कम्मरमा फूलको माला, निधारमा रोली टाँसी, कुण्डली, हातमा चिमटा हुन्छ ।  डमरु वा कमण्डल, कपालको लट र तिलक, काजल, हातमा काडा, शरिरमा विभूतिको टाँस्ने र पाखुरामा रुद्राक्षको मालालगायत १७ श्रृङ्गार हुन्छन ।

१३)  नागा साधुहरूकाे बासस्थान: नागा साधुहरू अखाडाका आश्रम र मन्दिरहरूमा बस्छन्। कोही तपस्याका लागि हिमालय वा उच्च पहाडका गुफाहरूमा बस्छन्। अखाडाको आदेश अनुसार पैदल यात्रामा पनि जान्छन् । यसैबीच गाउँमा झुपडी बनाएर धुनी पनि मनाउँछन् । जहाँ बसे पनि  शिबकाे अाराधान गछ्न ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय