शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतीय सेना पुर्व प्रमुखहरुले छाउनीमा वीर स्मारक अवलोकन गर्ने
समाचार

भारतीय सेना पुर्व प्रमुखहरुले छाउनीमा वीर स्मारक अवलोकन गर्ने

  • pranil शनिबार, फाल्गुन ६, २०७९ | February 18, 2023

काठमाडौं, ६ फागुन । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित बीर स्मारका जाने भएका छन ।

हिजो काठमाडौं आएका भारतीय सेनाका प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहागले छाउनीस्थित बिर स्मारको अवलोकन गर्नेछन ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार बीर स्मारक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित

वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने कार्यक्रम तय भएको छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहने प्रवक्ता भण्डारीले जानकारी दिए ।

पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने छन ।

२६० औं सेना दिवसको अवसर पारेर नेपाली सेनाले भारतीय सेनाका पुर्व अध्यक्षहरुलाई नेपाल निमन्त्रणा गरेको हो । हरेक शिबरात्रीमा नेपाली सेनाले सेना दिबस मनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय