बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ
समाचार

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

  • pranil शुक्रबार, फाल्गुन ५, २०७९ | February 17, 2023

धनगढी, ५ फागुन-कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेश तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेशसहित पक्राउ गरेको हो । उनको पसलबाट चरेश बरामद गरेको प्रहरीले बताएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज

जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट दुई दशमलव ३० ग्राम चरेश, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय