सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आईसीसी विश्वकप क्रिकेट : स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालको शानदार जित
समाचार

आईसीसी विश्वकप क्रिकेट : स्कटल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपालको शानदार जित

  • pranil शुक्रबार, फाल्गुन ५, २०७९ | February 17, 2023

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको २७५ रनको चुनौती नेपालले नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्याएको हो । दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डमाथि विजयी हासिल गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै

९ चौका र ४ छक्कामा ८१ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय