शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
समाचार

भक्तपुर कप खुला फुटबल सुरू

  • pranil शुक्रबार, फाल्गुन ५, २०७९ | February 17, 2023

भक्तपुर / भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा शुक्रबारदेखि दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुनेछ ।

प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु भएको हो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच सुरु भएको छ ।

अनुशासन र

स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय