काठमाडौं । क्रिकेटमा सट्टेबाजी ‘अनलाइन बेटिङ’ गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौं प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीले ३ जनाशंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा १ जनालाई पक्राउ गरेको प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए ।