मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्कटल्यान्डले नेपाललाई दियो २ सय ७५ रनको चुनौतिपूर्ण लक्ष्य, सन्दीपले लिए ३ विकेट
समाचार

स्कटल्यान्डले नेपाललाई दियो २ सय ७५ रनको चुनौतिपूर्ण लक्ष्य, सन्दीपले लिए ३ विकेट

  • pranil शुक्रबार, फाल्गुन ५, २०७९ | February 17, 2023

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ७५ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । लिस्कको १०७ रनको मद्दतमा स्कटल्याण्डले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनायो ।

बलिङमा गरेको राम्रो सुरुआतलाई निरन्तरता दिन

नसक्दा नेपालले चुनौतिपूर्ण योगफल पाएको हो । २४ ओभरको समाप्तिमा १ सय १० रन जोडेर ५ विकेट गुमाएको स्कटल्यान्डका लेस्कले सातौं विकेटका लागि ज्याक हार्भिससँग ८१ रनको साझेदारी गर्दै ८५ बलमा ९ छक्का र ३ चौकासहित सर्वाधिक १ सय ७ रनको अविजित इनिङ खेले । जार्भिस २६ रन जोडेर आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले दुई विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबयामाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । स्कटल्याण्डले पनि यसअघि नामिबियालाई १० विकेटले हराइसकेको छ । लिगमा स्कटल्याण्ड ४८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल २० अंकसहित लिगको छैटौँ स्थानमा सीमित रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय