सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे मृत्यु
समाचार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे मृत्यु

  • pranil शुक्रबार, फाल्गुन ५, २०७९ | February 17, 2023

मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका ६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय