काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकहरूमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् ।
आयुक्त थपलियाले आममतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए । उनले कर्मचारी र कैदीबन्दीलाई
यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानुन बनाएर आममतदातालाई दिइनुपर्ने उनको भनाइ थियो ।
दल दर्ता गर्नु उपलब्धि नभएर जनताद्वारा अनुमोदित हुनु र वैधता सिर्जना गर्नु ठूलो कुरा भएको उनको भनाइ थियो। आयोगले समावेशिता र लैंगिक समानतालाई अत्यधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको बताए ।