काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेता डा. भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको हो ।
कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८९ वर्षकी हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको हो । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शरीरको २५ प्रतिशत भाग जले
पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो ।