काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।
उनीहरुबीच समसामयिक राजनीति र राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ । माओवादीले गृहमन्त्री आफूले राख्न चाहेपछि लामिछाने र प्रचण्डबीच पछिल्लो समयमा खटपट रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन् । रास्वपाले भने गृहमन्त्रीमा
आफ्नो दावी कायम राखे पनि नपाएपछि रास्वपाले आफ्ना मन्त्रीसमेत फिर्ता गरेको छ ।