सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुकुमपूर्वका बागी उम्मेदवारद्धारा जिल्ला इन्चार्जलाई आर्थिक बार्गेनिङ गरेको आरोप
समाचार

रुकुमपूर्वका बागी उम्मेदवारद्धारा जिल्ला इन्चार्जलाई आर्थिक बार्गेनिङ गरेको आरोप

  • pranil बिहिबार, फाल्गुन ४, २०७९ | February 16, 2023

काठमाडौं । मंसिर ४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रुकुम पूर्वको प्रदेशसभा २ मा बागी उम्मेदवारी दिएका केशव रावलले पार्टी जिल्ला इन्चार्ज तेजबहादुर वली प्रतीकले आफूलाई उम्मेदवारी बनाएर आर्थिक बार्गेनिङ गरेको आरोप लगाएका छन् । निर्वाचनमा रावलले जिल्ला इन्चार्ज प्रतीकको सहमतिमा उम्मेदवारी दिएको खुलाउदै आफूलाई उम्मेदवारी बनाएर आर्थिक बार्गेनिङ गरेको आरोप लगाएका हुन् ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै भनेका छन्, ‘मैले म मेरो व्यक्तिगत चाहानाले नभई जिल्ला इन्चार्ज कमरेड तेज बहादुर वली ‘प्रतीक’ कमरेडको निर्देशनमा

उम्मेदवारी दिएको अवगत गराउन चाहन्छु । पार्टी केन्द्रको निर्णय विपरीत गएर उम्मेदवारी नदिने र तर इन्चार्ज कमरेड प्रतीकको निर्देशनले उम्मेदवारी दिनुपर्दा फिर्ता नलिने सर्तरसमझदारीमा उम्मेदवारी दिएको हुँ।’

उनले कार्तिक २५ गते साँझसम्म पार्टीले सहयोग गर्ने र निर्वाचनमा जाने आश्वासन दिइरहेपनि २६ गते उम्मेदवारी फिर्ता लिनु भनेपछि आफूले नलिएको उल्लेख गरेका छन् । उनले आफू दोषी नभएको उल्लेख गर्दै आफूलाई सहयोग गर्दा पार्टीले कारबाही गरेकाहरूको कारबाही खारेजी गर्न माग समेत गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय