काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको घरमा ग्याँस लिक भएपछि आगो लागेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । काठमाडौँको बुद्धनगरस्थित घरमा सांसद भण्डारीको घरमा सिलिन्डर भने विस्फोट नभएको पाइएको हो ।
काठमाडौँको बुद्धनगरस्थित घरमा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले बुधवार राती ग्याँस गनाएपछि किचनमा पुगेर बत्ती बाले लगत्तै आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
एसपी रिजालले भने, ‘काठमाडौं प्रहरी परिसर प्रवक्ता सिताराम रिजालका अनुसार आमा हरिकलाले सवा १० बजे ग्याँस गनायो भन्दै छोरा
चन्द्रलाई बोलाएकी थिइन् । छोराले बत्ती बाल्न किचनको स्विच अन गरे लगत्तै आगो सल्किएर फैलिएको भन्ने कुरा आएको छ । हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुँदा त्यसैले फैलिएको ग्याँस समात्न सक्ने बताएका छन् । अन्य विषयमा थप अनुसन्धान भइरहेको छ ।’