काठमाडौँ । यातायात मजदुरहरूले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । यातायात मजदुरहरूले ट्राफिक नियमविरुद्ध प्रदर्शन गरेका हुन् ।
राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । अहिले पनि व्यवसायी र मजदूरहरुले प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन् । उनीहरुले सडकमै गाडी तेर्स्याएर सडक अवरुद्ध पारेका छन्। जसका कारण यातायात सेवा नै अवरुद्ध बनेको छ ।
ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ । उनीहरूले गौशाला, चक्रपथलगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले
मनपरी गरेको भन्दै प्रदर्शन गरेका छन् ।