काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं।३ का पूर्व जनप्रतिनिधिले मानसिक समस्याबाट गुज्जरिदै आश्रम बसिरहेकी एक वृद्धाको सामाजिक सुरक्षा भत्ता खाइदिएको पाइएको छ । नवजीवन परोपकार समाज आश्रममा बस्ने दक्षिणकाली नगरपालीकाकी कमला कार्कीको सामाजिक सुरक्षा भत्ता पूर्व जनप्रतिनिधिले खाइदिएका हुन् ।
उनलाई समाजमा जिम्मा लगाउने सोही वडा कार्यालयका तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष कर्ण श्रेष्ठले कमलाको नाममा जम्मा भएको एक लाखभन्दा धेरै रकम निकालेर दुरुपयोग गरेका हुन् । उनी कमलाको संरक्षक हुन् । उनले कमलालाई संस्थाले उद्धार गरेता
पनि श्रेष्ठले कुनै पनि कागजात र उनको बैक खाता संस्थालाई हस्तान्तरण गरेका थिएनन् ।
कमला लामो समयदेखि पर्ण अशक्त थिइनन् । बस्नलाई गतिलो घर नभएको उनलाई हेरविचार गर्ने आफन्त कोही थिएनन् । दिन प्रतिदिन उनको अवस्था दयनीय बन्दै गएपछि स्थानीय तथा वडा कार्यालयका जनप्रतिनिधिहरूले २०७६ को फागुनमा उनलाई नवजीवन परोपकार समाज कार्यालय अनामनगर काठमाडौंमा संरक्षणको लागि जिम्मा लगाएका थिए । तर उनको कुनै पनि विवरण हस्तान्तरण भने गरेका थिएन ।