मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतीय बिदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु
समाचार

भारतीय बिदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

  • pranil सोमवार, फाल्गुन १, २०७९ | February 13, 2023

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगेका छन ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सिमा सबन्ध, बातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षिय चासोको बिषयमा कुराकानी गर्नेछन । त्यसपछि पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने

कार्यक्रम रहेको छ ।

आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन ।  सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय