आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता
समाचार

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता

  • pranil आइतवार, माघ २९, २०७९ | February 12, 2023

काठमाडौं, २९ माघ परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिएकी थिइन् । राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय