सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हरियो तरकारी र फलफूलको आजकाे मुल्य
समाचार

हरियो तरकारी र फलफूलको आजकाे मुल्य

  • pranil आइतवार, माघ २९, २०७९ | February 12, 2023

काठमाडौ, २९ माघ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफुल तथा तरकारीकाे मुल्य सावर्जनिक गरेकाे छ ।

जसअनुसार आईतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती

१४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भइइरहेकाे समितिले जनाएको छ ।

आईतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ मुठा, जिरा सागको ४० रुपैया, चम्सुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ८० रुपैयाँ, भारतीय सुकेको प्याज ३८, रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय